लोकप्रिय हुने नाममा सरकारले अनुचित खर्च कटौती गर्‍यो : उपसभामुख राना

लोकप्रिय हुने नाममा सरकारले अनुचित खर्च कटौती गर्‍यो : उपसभामुख राना

Facebook
X
Email
Telegram

२१ मंसिर, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले संघीय संसद सचिवालयको खर्च कटौती गरेको भन्दै आपत्ति जनाएकी छिन् ।

संसद् सेवा दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । खर्च कटौती गरेर मुलुक बन्दैन भन्नेकुरा सरकारलाई थाहा हुनुपर्ने समेत उनको भनाइ थियो ।

‘मलाई डर लाग्दैन अहिलेको सरकारले लोकप्रिय हुने नाममा खर्च कटौती भनेर के के कटौती गर्‍यौं । त्यो कुरा सरकारलाई थाहा छ– खर्च कटौती गरेर देश बन्दैन । खर्च करप्शन भएको ठाउँमा कटाउने हो । जहाँ चुहावट छ, त्यहाँ बन्द गर्ने हो,’ उनले भनिन् ।

उपसभामुख रानाले सरकारले भ्रष्टाचार अन्त्य गरेर मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्नेमा खर्च कटौति गरेर गल्ती गरेको बताइन् । संसद् सचिवालयका कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण, तालिमलगायतका काम गर्न पनि सरकारले नदिने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

‘जहाँ काम भइरहेको छ, त्यहाँ कामै रोकियो भने के गर्ने ? काम कसरी हुन्छ, देश कसरी बन्छ ? खर्च कटाएर, पैसा कटाएर हुँदैन । यहाँ संसद सचिवालयका कर्मचारीहरुलाई याक्टिभ गराउनुपर्‍यो । टे«निङ दिनुपर्‍यो । मैले सुन्छु– सेमिनर गर्न नपाउने रे होटलमा, यो गर्न नपाउने रे,’ उपसभामुख रानाले भनिन् ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »