एयर इन्डिया दुर्घटना : तोडफोडको समेत आशंका, सबै कोणबाट अनुसन्धान हुँदै

कांग्रेसले संसदीय समितिहरूकाे बैठक बहिष्कार गर्ने
Facebook
X
Email
Telegram

१५ असार, काठमाडौं । यसै महिना भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा तोडफोड ९साबोटेज०को पनि आशंका गर्दै अनुसन्धान गरिरहेको संघीय नागरिक उड्डयन राज्यमन्त्री मुरलीधर मोहोलाई उद्धृत गर्दै एनडीटिभीले उल्लेख गरेको छ ।

लन्डन उडानका लागि तयारीमा रहेको एयर इण्डिया फ्लाइट एआई १७१ ७८७–८ ड्रीमलाइनर विमान गएको जुन १२ तारिख दिउँसो १स्३० बजे अहमदाबादको सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ केही सेकेन्डमै दुर्घटनामा परेको थियो।

 


यो दुर्घटनामा विमानमा सवार २४२ मध्ये एक मात्र व्यक्ति बाँचेका छन् भने जमिनमा रहेका केही व्यक्तिहरूको पनि मृत्यु भएको थियो ।

राज्यमन्त्री मोहोले पुणेमा आयोजित ‘इमर्जिङ बिजनेस कन्क्लेभ’ कार्यक्रममा भारतीय समाचार संसथा सँग एनडिटिभीसँगको कुराकानीमा भने, ‘यो निकै दुःखद घटना हो। दुर्घटनाको अनुसन्धान विमान दुर्घटना अनुसन्धान ब्युरो ९एएआईबी०ले सुरु गरिसकेको छ। सम्भावित तोडफोडको समेत आशंकामा सबै कोणबाट अनुसन्धान भइरहेको छ ।’

 

उनले थपे, ‘सीसीटिभी फुटेज अध्ययन भइरहेको छ र विभिन्न निकायहरू घटनाको गहिरो अध्ययनमा छन्।’

विमानको ब्ल्याक बक्स भेटिइसकेर त्यसभित्रका ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डरको डाटा डाउनलोड पनि भइसकेको छ ।

 

 

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »