
Facebook
X
Email
Telegram
५ असार, काठमाडौं। काठमाडौं र ललितपुरका दुई फरक ठाउँमा दुई जनाको शव फेला परेको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकामा एक पुरुषको शव भेटिएको हो ।

दक्षिणढोका डेरा गरी बस्ने धादिङ धुनीबेशी नगरपालिका–६ घर भएका ३५ वर्षीय रमेश आचार्य आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
त्यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका–२ उदयबस्तीस्थित पुरानो भत्किएको घरमा एक महिला मृत भेटिएकी छिन् ।












