इलाममा दाजुभाइमाथि धारिलो हतियार प्रहार, भाइको मृत्यु

इलाममा दाजुभाइमाथि धारिलो हतियार प्रहार, भाइको मृत्यु

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?
Facebook
X
Email
Telegram

१ साउन, काठमाडौं । इलामको माईजोगमाई गाउँपालिका–२ तारसिंङ गाउँमा दाजुभाइमाथि धारिलो हतियार प्रहार भएको छ ।

हतियार प्रहारबाट २१ वर्षीय प्रकाश चापागाईंको मृत्यु भएको छ । हतियार प्रहार गरी हत्या गरेको आरोपमा सूर्योदय नगरपालिका–१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।सूर्योदय नगरपालिका–१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाईं र उनको भाई प्रकाश चापागाईंलाई किरणले धारिलो हतियार प्रहार गरेका थिए ।

हतियार प्रहारबाट प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो ।घाइते भएका निरोजलाई फिक्कल अस्पताल हुँदै थप उपचारको लागि झापातर्फ पठाइएको छ ।

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »