
‘जारी २’ को मर्मस्पर्शी गीत ‘अम्लारी फूल’ सार्वजनिक
Facebook
X
Email
Telegram
काठमाडौं । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को गीत ‘अम्लारी फूल’ युट्युबमा रिलिज भएको छ ।
सुशान्त गौतमको संगीत रहेको गीतमा सुष्मा सिग्देलका शब्द, अभिज्ञा घिमिरे र विकास लिम्बुको स्वर छ ।
पालम, हाकपारे र ख्यालीमा दयाहाङ र याशेली योङहाङको क्रेडिट छ । यसअघिको हिट फिल्म ‘जारी’को यो दोस्रो श्रृंखला दर्शकमाझ प्रतीक्षित छ ।
संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि यो फिल्म प्रदर्शन तयारीमा छ । उपेन्द्र सुब्बा निर्देशित फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।













