पार्टी छाडेका परियारलाई रास्वपा प्रवक्ताले भने– नयाँ यात्राको शुभकामना

पार्टी छाडेका परियारलाई रास्वपा प्रवक्ताले भने– नयाँ यात्राको शुभकामना

Facebook
X
Email
Telegram

२८ कात्तिक, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनीष झाले पार्टी छाडेका सचिवालय सदस्य सन्तोष परियारलाई नयाँ यात्राको लागि शुभकामना दिएका छन्।

सञ्चारकर्मीहरूलाई परियारले पार्टी छाडेको औपचारिक जानकारी दिँदै प्रवक्ता झाले उनी राजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजनामा रहेको बताउका छन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका पूर्वसांसद सन्तोष परियारज्यूले कार्यवाहक सभापति तथा महामन्त्रीज्यूलाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनुभएको छ,’ प्रवक्ताले भनेका छन्, ‘राजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा जानकारी गराउनुभयो। आगामी यात्राको लागि उहाँलाई शुभकामना।’

परियारले शुक्रबार रास्वपा परित्याग गरेका हुन्। पार्टीबाट राजीनामा दिएर छुट्टै अभियानमा जोडिन लागेका परियार अहिले माओवादी केन्द्र परित्याग गरेर प्रगतिशील अभियान सुरु गरेका जनार्दन शर्मासँग छलफलमा छन्।

परियार पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तनको बहसमा थिए । यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको मागसमेत गरेका थिए।

यसअघि रास्वपाकै केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि राख्दै पार्टी छाडेकी थिइन्।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »