धनुषामा ३८५ परिवारले पाए जग्गाधनी पुर्जा

धनुषाको सबैला नगरपालिका–८, साविक ठिल्ला गाउँ विकास समितिका ३८५ परिवारले नापजाँच भएको करिब पाँच वर्षपछि जग्गाधनी पुर्जा प्राप्त गरेका छन्।

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका उनीहरूले अब आफ्नो जग्गाको कानुनी स्वामित्व पाएका हुन्। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरण प्रक्रिया लामो समयदेखि रोकिएको थियो।

नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरेपछि ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालय धनुषाले जनाएको छ।

यसअघि सबैला नगरपालिकाका वडा नम्बर ४, ५, ६ र १० का ३ हजार २२६ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »