सिमलतालमा भासियो सडक

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा आज बिहान त्रिशूली नदीको कटानका कारण सडकको एक भाग भासिएर सडक अवरुद्ध बनेको छ। ​सडक डिभिजन भरतपुरका अनुसार त्रिशूली नदीको तीव्र बहावले सडकको लगभग आधा भाग काटेर बगाएको छ।

जसका कारण सो स्थानमा सडक एकतर्फी रुपमा अवरुद्ध भएको हो। ​डिभिजनले सूचना जारी गरि सडक भासिएको खबर प्राप्त हुनासाथ डिभिजनको टोली घटनास्थलतर्फ पठाइएको छ र सडक मर्मतको कार्य सुरु भइसकेको जनाएको छ। सडक पूर्ण रुपमा सुचारु हुन केही समय लाग्न सक्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »