बाढीपहिरो मृतकका परिवारलाई गण्डकी सरकारको १ लाख राहत

पोखरा । गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दीलगायत जिल्लामा बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाखका दरले राहत दिने निर्णय गरेको छ ।

साथै, किरिया खर्चबापत २५ हजार दिने भएको छ ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिए ।

बैठकले बाढीपहिरोबाट क्षति पुगेका विभिन्न जिल्लाका प्रभावित क्षेत्रको विस्तृत विवरण संकलन गरी पुनर्निर्माण तथा पुनर्स्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय पनि गरेको उनले बताए ।

बाढीपहिरोबाट गण्डकी प्रदेशमा ठूलो जनधनको क्षति भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »