बागलुङमा सडक खन्ने क्रममा ढिस्को खस्दा दुई मजदुरको मृत्यु

बागलुङमा सडक स्तरोन्नतिका क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

सोमबार बिहान करिब ७ः२० बजे निसीखोला गाउँपालिका–३ बोहोरागाउँस्थित झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा सडक खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेको हो।

प्रहरीका अनुसार लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक ढिस्को खस्दा मजदुरहरू पुरिएका थिए।

घटनामा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको छ। दुवै जनालाई माटोको ढिस्कोमा पुरिएको अवस्थामा उद्धार गरिएको थियो।

घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उनलाई उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »