अस्ट्रेलियाद्वारा नेपाललाई थप १५ मिलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङबीच नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको छ।

भेटवार्ताका क्रममा अस्ट्रेलियाले हालैको बाढी तथा विपद्बाट प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ। यसअघि प्रतिबद्ध गरिएको ११ मिलियन डलर सहयोगमा उक्त रकम थप हुनेछ।

दुवै मन्त्रीबीच जलवायु परिवर्तन, विपद् व्यवस्थापन, शिक्षा, व्यापार, लगानी, नवीकरणीय ऊर्जा, पर्यटन तथा श्रम गतिशीलताका क्षेत्रमा सहकार्य विस्तारबारे पनि छलफल भएको छ।

मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अनुकूल विद्यार्थी भिसा नीति तथा नेपालमा अस्ट्रेलियाली प्राविधिक शिक्षा र विश्वविद्यालयको सहकार्य विस्तार गर्न आग्रह गरेका छन्। साथै, नेपाल–अस्ट्रेलिया सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »