गलौँदी खण्डमा राति सवारी आवागमन बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौँदी क्षेत्रमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । थप मर्मत कार्य गर्न सोमबार रातिदेखि ६ घण्टा सडकखण्ड बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै भनेको छ ।

सूचनाअनुसार, सोमबार (असोज २६) राति ११ बजेदेखि मंगलबार बिहान (असोज २७) बिहान ५ बजेसम्म सवारी आवागमनमा पूर्ण रोक लगाइएको हो ।

त्रिशूली नदीको कटानका कारण शुक्रबार सडक भासिएको थियो । सडक भासिएपछि ठप्प रहेको राजमार्ग मर्मतपछि आइतबार दिउँसोदेखि दुईतर्फी सञ्चालनमा ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »