कुलिङ पिरियडबारे गगन थापा- संसदीय छानबिन समिति बन्नुपर्छ

लोकाहा खोलामा नयाँ पुलबाट यातायात सुचारु
Facebook
X
Email
Telegram

१७ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवं राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य गगन थापाले विधेयकमा निजामति सेवा विधेयकमा भएको चलखेलबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने तर्क गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विधेयकको आधारमा प्रतिनिधि सभाले संघीय निजामती विधेयक पारित गरेको थियो । समितिबाट पारित गरिएको व्यवस्थामा संशोधन गरिएकोप्रति विरोध भइरहेको छ ।अवकाशप्राप्त कर्मचारीको हकमा समावेश गरिएको ‘कुलिङ पिरियड’ मा दुई वर्षे अवधि राख्नेगरी समितिले विधेयक पारित गरेको थियो ।

तर, संसदबाट पारित गर्ने क्रममा कुलिङ पिरियड नहुने शब्दावली सहितको विधेयक पारित भएको थियो । समितिबाट पारित भएको विधेयक भन्दा संसदमा फरक शब्द घुसेको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।कांग्रेस महामन्त्री थापाले यो विषयको सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति बनाउनुपर्ने भनाइ राखेका छन् ।

‘संसदबाट एउटा समिति बनाइनुपर्छ । त्यो समितिले यो विषयलाई एकदमै छोटो समय दिएर, एउटा कार्यदेश दिएर, सत्य तथ्य पहिला पत्ता लगाउनुपर्छ,’ थापाले भने ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »