एमालेले गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना गरेन : निधि

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए
Facebook
X
Email
Telegram

२१ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद बिमलेन्द्र निधिले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् ।

जनकपुरमा शनिबार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा उनले यस्तो आरोप लगाएका हुन् । नेपाली कांग्रेस सहमति र सामुहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामूहिक अभियानमा जोडिन नखोजेको उनको भनाइ थियो ।

एमालेले नगरपालिकाको बजेट ल्याउन समस्या सिर्जना गरिरहेको उनको आरोप छ ।

‘नेपाली कांग्रेस सहमति र सामुहिक अभियानको लागि सधैँ तयार छ । एमाले आउँदैन त के गर्ने रु समस्या त यही भइरहेको छ,’ उनले भने, ‘नारायण नगरपालिकामा एमालेले बजेट पारित गर्न दिएको छैन, बैठक बस्न दिइरहेको छैन ।’

मेयरको अधिकार कटौति गर्नेगरी कार्यविधि बनाउन दिने भन्दै कतिपय नगरपालिकाहरुमा अवरोध गरेको आरोप लगाउनु भयो ।

‘मेयरको अधिकार कटौती गर्नेगरी कार्यविधि बनाउनुस् रे । प्रधानमन्त्रीको अधिकार कटौती हुनेगरी क्याबिनेटको नियम बनाउँदा मान्छ । सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना भइरहेको छैन । सामूहिक सरोकारको विषयमा अवरोध भइरहेको छ,’ निधिले भने ।

सांसद निधीले राजनीतिक प्रतिशोधका कारण नेताहरू एउटाले ल्याएका योजनाहरू ल्याउन नदिने वा अवरोध गर्ने काममा लागेको आरोप पनि लगाए ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »