सोबितालाई प्रधानमन्त्रीको सचिवालयले सोध्यो- स्पेन गएका को फर्किएनन् ?

मृत्युदण्ड लाइभ गर्ने योजना ट्रम्पद्वारा रद्द
Facebook
X
Email
Telegram

२४ असार, काठमाडौं । स्पेन भ्रमणका गएकाहरू नफर्किएको समाचार आएको विषयमा रास्वपा सांसद सोबिता गौतमले प्रतिनिधिसभा बैठकमा उठाएको विषयलाई प्रधानमन्त्रीको सचिवालयले प्रतिवाद गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद सोबिता गौतमले गत १४–२० असारमा भएको प्रधानमन्त्रीको भ्रमणमा गएकाहरू नफर्किएको भन्दै समाचार आएको विषय गम्भीर रहेको बताएकी थिइन् ।

 


सो बारे प्रधानमन्त्रीको सचिवालयले भने कोको नफर्किएको हो रु भन्ने देखाइदिन आग्रह गरेको हो ।


यो पनि पढ्नुहोस
प्रधानमन्त्री सहभागी कार्यक्रममा स्पेन गएकाहरू फर्किएनन्, यो गम्भीर विषय हो स् सोबिता गौतम
प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले उक्त भ्रमणमा गएकाहरूको सूची अनलाइनखबरलाई उपलब्ध गराउँदै नफर्किएकाहरू को को हुन् रु भनेर प्रश्न गरेका छन् ।

 

‘प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा जाने टोलीको नामको प्रमाणित सूची पठाएको छु । माननीय सोबिता गौतमलाई यो सूची पढेर सुनाइदिनुस् वा देखाइदिनुस्,’ बजगाईंले भने, ‘अनि यो सूचीमा नाम भएको को नफर्केको हो भनेर सोधिदिनुस् ।’

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त ९फाइनान्सिङ फर डेभलपमेण्ट० चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गएको थियो ।

उक्त टोली २० असारमा नेपाल फर्किएको छ ।

यस्तो छ प्रधानमन्त्रीको सचिवालयले उपलब्ध गराएको सूची :



 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »