विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

२३ साउन, काठमाडौं । ३१औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले काठमाडौंमा र्‍याली निकालेको छ ।

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंको शान्तिबाटिकाबाट र्‍याली निकालिएको हो ।

विभिन्न जातिगत भेषभूषा तथा झाँकीसहित शान्तिबाटिकाबाट सुरु भएको र्‍याली पुतलीसडक हुँदै राष्ट्रिय सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।

महासंघले राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

बिहीबार पहिलो पटक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (नेफ्डिन), फूड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) र युनेस्को नेपालको संयुक्त सहकार्यमा वसन्तपुर दरबार क्षेत्रमा विश्व आदिवासी दिवस मनाइएको थियो ।

 

 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »