कैलाली कारागारबाहिर कैदीबन्दीका आफन्तको भीड

कैलाली कारागारबाहिर कैदीबन्दीका आफन्तको भीड

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
Facebook
X
Email
Telegram

२५ साउन, धनगढी । तनावग्रस्त रहेको कैलाली कारागार बाहिर कैदीबन्दीका आफन्तहरूको भीड लागेको छ ।

कारागारमा हिंसात्मक झडप भएपछि कैदीबन्दीका आफन्त उनीहरूलाई भेट्ने प्रयासमा भेला भएका हुन् ।

एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन ।

भित्रको स्थिति तनावग्रस्त भएपछि आफन्तले कारागार पुगेर सोधखोज गरिरहेका छन् ।

कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएकाले प्रहरी समेत भित्र जान पाएका छैनन् ।

कारागार भित्रको अवस्थाबारे तथ्यगत विवरण सार्वजनिक हुन सकेको छैन । विभिन्न कसुरमा सजाय काटिरहेका कैदीबन्दीका आफन्त समेत कारागार भित्र झडप भएको खबरले चिन्तित देखिएका छन् ।

कारागार प्रशासनले उनीहरुलाई गेटबाहिरै रोकेको छ ।

१५० जना क्षमताको कैलाली कारागारमा करीब सात सय जनालाई राखिएको छ । क्षमताभन्दा धेरै कैदीबन्दी एकै ठाउँ राख्दा कैलाली कारागारमा पटकपटक तनाव हुँदै आएको छ



 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »