पहिलो रात ४१४ कैदी-बन्दीबीच कोचिए रवि, आजबाट सिंगल रुममा राखिने तर ‘सुविधा’ केही छैन

पहिलो रात ४१४ कैदी-बन्दीबीच कोचिए रवि, आजबाट सिंगल रुममा राखिने तर ‘सुविधा’ केही छैन

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
Facebook
X
Email
Telegram

१ भदौ, काठमाडौं । भैरहवा कारागारबाट काठमाडौंको नख्खु जेलमा सरुवा भएका रास्वपा सभापति रवि लामिछानेलाई कतै ‘तावाबाट उम्केर भुंग्रोमा’ परेजस्तो त हुने होइन ? उनका समर्थकहरू यही चिन्तामा छन् ।

रवि आफैँले भैरहवाबाट नख्खु जेलमा सरुवा मागेका थिए । अदालतले आदेश गरेर पनि सरकारले लामो समय आलटाल गरे । चौतर्फी दबाबपछि हिजो मात्रै उनलाई भैरहवाबाट काठमाडौं ल्याइएको हो ।

पहिलो रात रविका लागि सुखद रहेन । शनिबार ढिलो कारागार पुर्‍याइएका कारण रविलाई अन्य ४१४ जना कैदी, बन्दी राखिएकै ब्लकमा कोचियो । नख्खु कारागारका जेलर भीम कोइरालाका अनुसार लामिछानेको सुरक्षा र स्वास्थ्यलाई ख्याल गरेर आजदेखि उपयुक्त स्थानमा राखिँदैछ ।


‘कारागारभित्र उपलब्ध सेवा र सुविधाभित्रै उहाँको सहजताको खोजी गर्छौं’, उनले भने, ‘हिजो अलिक व्यवस्थापन गर्न सकेनौँ, आजदेखि सहज हुन्छ ।’

कारागार व्यवस्था विभाग स्रोतका अनुसार लामिछानेले ‘सिंगल रुम’ पाउनेछन् । रुमभित्र एउटा सुत्ने खाट मात्रै हुनेछ । एसी, पंखा, कुलरजस्ता सुविधा कारागारले दिनेछैन ।

स्रोतले भन्यो, ‘यस्तो सुविधाका लागि कि मन्त्रालयले अलग्गै बजेट निकासा गरेर पठाउनुपर्छ, कि स्वयं थुनुवाले व्यवस्था गर्नुपर्छ, कारागारले कसैलाई पनि दिन सक्दैन ।’

अत्यधिक गर्मी रहेको भैरहवा कारागारमा रविलाई दुईवटा पंखा दिइएको थियो । यस्तै, उनलाई सुरुबाटै फोन र छुट्टै शौचालयको सुविधासमेत दिइएको तथा भेटघाट सहज बनाइएको कारागारले दाबी गरेको छ । नख्खु कारागारमा ती सुविधाहरू प्राप्त हुने सम्भावना छ कि छैन भनेर हामीले जेलर कोइरालासँग जिज्ञासा राख्यौँ ।

उनले जवाफ दिए, ‘कारागार ऐन, नियमावलीअनुसार सुरक्षा र स्वास्थ्यको ख्याल गरेर हामी राख्छौँ । कानून र नियमावलीले दिन मिल्ने कुरा दिन्छौँ, नमिल्ने कुरामा हामीले गरेर केही हुँदैन ।’

कारागार ऐनअनुसार कुनै पनि कैदी, बन्दीले कारागार प्रशासनको अनुमतिबिना बाहिरका कुनै पनि चिज लैजाने पाइने सुविधा हुँदैन । स्वास्थ्यमा समस्या भएमा सरकारी अस्पतालमा भर्ना हुन पाइने, फोन चलाउनु परेमा कारागारभित्रै निश्चित समय सुविधा पाइन्छ । लामिछानेका हकमा पनि यीबाहेकका सुविधा नदिइएको कारागार व्यवस्था विभागस्रोतले जनाएको छ ।



 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »