अरनिको पाँडेलाई २० हजार धरौटीमा छोड्न आदेश

अरनिको पाँडेलाई २० हजार धरौटीमा छोड्न आदेश

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

१३ भदौ, काठमाडौं। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई २० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

साइबर अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व केन्द्रीय सदस्य समेत रहेका पाडेँलाई काठमाडौं जिल्ला अदालतले २० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले शुक्रबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौच गरेको अभियोगमा उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । त्यसै उजुरीका आधारमा उनलाई नेपाल प्रहरीको साइबर व्यूरोले नियन्त्रणमा लिएको थियो ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »