ईश्वर पोखरेल एमालेको कार्यवाहक अध्यक्ष

ईश्वर पोखरेल एमालेको कार्यवाहक अध्यक्ष

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
Facebook
X
Email
Telegram

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् ।

चीन भ्रमणमा जानुअघि ओलीले पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार एमाले विधान २०४९ (संशोधन २०७८) को धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

उक्त धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न पाउने व्यवस्था रहेकाले सोहीअनुसार जिम्मेवारी प्रदान गरिएको गौतमले बताए ।



 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »