नागरिक सरकार खोज्ने दायित्व जंगीअड्डा कि शीतल निवासको ?

नागरिक सरकार खोज्ने दायित्व जंगीअड्डा कि शीतल निवासको ?

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित
Facebook
X
Email
Telegram

२६ भदौ, काठमाडौं। नयाँ सरकारबारे जंगीअड्डा बाहिर छलफल र वादविवाद भएका खबर आइरहँदा यो भीषण संक्रमणका बेला ध्यान दिनु पर्ने अति महत्वका कुरामाथि तत्काल र खुला बहस गरौं। सेना राज्यको एक अंग हो। उसको काँधमा अहिले राष्ट्रिय सुरक्षाको गम्भीर र महत्वपूर्ण जिम्मेवारी छ।

सेनालाई आफ्नो जिम्मेवारीको काम गर्न दिऊ। अब बन्ने सरकारको नागरिक सर्वोच्चता बचाउन जंगी अड्डाको ढोकामा गएर सरकार नमागौं। यो कुनै पनि हालतमा राजनीतिक निर्णय हुन सक्दैन।

हामीसँग रास्ट्रपति संस्था छ। गणतन्त्र नेपालको त्यो जननिर्वाचित सर्वोच्च संस्था हो। राजनीतिक निर्णयहरू विधिवत र संस्थागत गर्ने अन्तिम थलो हो। आन्दोलनकारीका तर्फबाट वार्तामा जान चाहने र जान आवश्यक व्यक्तिहरू टुंगो लगाएर यदि रास्ट्रपति शीतलमा हुनुहुन्छ भने वार्ता र सहमति त्यहाँ हुनुपर्छ।

सहजकर्ताको रुपमा सेनाले महत्वपूर्ण भूमिका निभाउन सक्छ। तर खरानीको थुप्रो अगाडि नै सही शीतलनिवास वा संसद् भवन अगाडि नै नयाँ नागरिक सरकार बन्ने बारेको छलफल र निर्णय हुनुपर्छ। त्यो निर्णय प्रक्रियाले नेपाली जनताले ठूलो बलिदानबाट स्थापना गरेको यो संविधान र व्यवस्थालाई हाक्ने सफा, नयाँ र इमान्दार नेत्रित्व पाएको अनुभूति गर्नेछन्।

अदूरदर्शी, स्वार्थी र भ्रष्टाचारी नेतातन्त्रलाई पराजित गरेको आन्दोलनबाट जन्मिने कुशल नागरिक नेत्रित्व यो संविधानको दायरा भित्रबाट नै बन्नुपर्दछ। अहिले पनि राजनीतिक रुपमा जीवित रहेको संसद्बाट अनुमोदित गरेबाट त्यसको बैधता नागरिक सरकारको हुन्छ। जंगी अड्डाभित्र राजनीतिक नेत्रित्व जन्माउँदा अहिलेसम्म निर्विवाद र गैर राजनीतिक रहेको हाम्रो सेना पनि विवादित हुन्छ।

संविधान र व्यवस्था भित्रैका खराबी सच्याउन भएको सफल र पबित्र आन्दोलन पछिको अन्तरिम नागरिक सरकार निर्माणका प्रसूति गृहहरू रास्ट्रपति भवन र संसद् मात्रै हुन्। यो व्यवस्थाका संरक्षक आन्दोलनकारीहरूले यो वैधानिकताबारे परिपक्वो रुपमा बुझ्नुपर्छ।

यो व्यवस्था र संविधानअनुसार जनता यो देशका सार्वभौम शक्ति हुन्। यो बलियो तथ्य नबुझ्ने हो र यो व्यवस्था र संविधान नबच्ने हो भने जेन(जी जस्तो एक्काइसौ शताब्दिको नयाँ राजनीतिक इतिहास निर्माता पुस्ताले विश्वको सर्वोत्तम व्यवस्था र संविधान गुमाएको खराब इतिहास निर्माण हुने खतरा पनि छ।

राणा, पंचायत र राजाविरुद्दको राजनीतिक आन्दोलनका सहभागी र साठी वर्षभन्दा बढी समयको राजनीतिक अनुभव भएका रास्ट्रपतिसँग सम्वाद गरेर नागरिक सरकार निर्माण गर्नु इतिहासका सबै लोकतान्त्रिक, स्वाभिमानी र क्रान्तिकारी आन्दोलनको स्वामित्व लिनु संविधानलाई सुरक्षित लिकमा हिँडाउनु हो। यो वैधानिक बाटोको यात्रा गरिए खरानी भएको देशलाई पुनर्निर्माण गर्न विश्वभरिका मित्र शक्तिहरूलाई पनि सहयोगको लागि अपील गर्न सकिन्छ।

सेप्टेम्बर ९ मा जेन(जीको महान् विजयसँगै भएको अकल्पनीय भौतिक क्षतिले आगामी दुई दशकसम्म देशको अर्थतन्त्र उठ्नै नसक्ने गरी थला परिसकेको छ। त्यो मात्रै होइन सिंहदरबार, सर्वोच न्यायालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मालपोत कार्यालयजस्ता रास्ट्रका अति संवेदनशील दस्तावेज सुरक्षित हुने महत्वपूर्ण स्थान र दस्तावेज पनि खरानी भएको अवस्थामा हाम्रो रास्ट्रियता पनि निक्कै खतरामा परेको छ।
चिहानघाटसम्म रह्यो भने खरानी टक्टक्याएर भए पनि जुरुक्कै उठौंला र मातृभूमिको माटो निधारमा घसेर भ्रष्टाचार र नातावाद मुक्त समाज निर्माणको नयाँ इतिहास निर्माण गरौंला। अन्यथा, हामी हाम्रो आफ्नै चिहानसम्मको पहिचान पनि बाँकी नरहेका हुनेछौं।

जेन जी पुस्ता बुद्धि पुर्‍याऊ

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »