जेनजी आन्दोलनमा लुटिएका करिब ४ सय हतियार फिर्ता हुन बाँकी, खोज्ने प्रयास जारी

जेनजी आन्दोलनमा लुटिएका करिब ४ सय हतियार फिर्ता हुन बाँकी, खोज्ने प्रयास जारी

नवलपुरमा २७७ वटा सर्पदंशका घटना
Facebook
X
Email
Telegram

३१ असोज, काठमाडौं । गत महिना भएको लुटपाट र आगजनीका क्रममा हराएकामध्ये करिव ४ सय हतियार मात्रै भेटिन बाँकी रहेको छ ।

नेपाली सेनाले सार्वजनिक गरेको विवरण अनुसार, हराएकामध्ये करिव ९७८ वटा हतियारमध्ये ५८६ वटा भेटिएका छन् ।

गृह मन्त्रालय सम्वद्ध स्रोतका अनुसार, हराएकामध्ये करिब आधाजसो हतियारमा गोली मिल्ने खालका छैनन् । अर्थात आधाजसो हतियारका गोली सुरक्षित रहेको लुटिएका करिब २ सयभन्दा बढी हतियार मात्रै चुनौतीयुक्त हुन् ।

तीमध्ये कतिपय हतियार लुकाएको ठाउँबारे सूचना संकलन गर्ने प्रयास भइरहेको भन्दै गृहप्रशासनले विशेष अपरेशन चलाएर भएपनि तिनलाई फिर्ता ल्याउने प्रयास गर्नेबारे गृहकार्य गरिरहेको हो ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »