को-को पुगे बालुवाटारको त्रिपक्षीय वार्तामा ?

को-को पुगे बालुवाटारको त्रिपक्षीय वार्तामा ?

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
Facebook
X
Email
Telegram

१२ कात्तिक, काठमाडौं । सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा त्रिपक्षीय छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिल कुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदिश खरेल सहभागी छन् ।

त्यस्तै, राजनीतिक दलका तर्फबाट विभिन्न दलका १५ जना सहभागी छन् भने जेनजीका तर्फबाट १३ जना प्रतिनिधि सहभागी छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना भएको जानकारी गराएका छन् ।

यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबैपक्ष सकारात्मक भएका थिए ।

यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछिको औपचारिक राजनीतिक संवादले निर्वाचन वातावरण तयार गर्ने अपेक्षा सरकारको छ ।

बैठकमा सहभागी जेनजी प्रतिनिधिहरू :

मोनिका निरौला

रक्षा बम

पुरुषोत्तम यादव

सामना लावती

खेमराज साउँद

उपअर्जुन चाम्लिङ

भोजविक्रम थापा

मिराज ढुंगाना

विवेक दाहाल

जेम्स कार्की

रेहनराज डंगोल

अमीत खनाल

राजन रानामगर

बैठकमा सहभागी दलका प्रतिनिधिहरू :

नारायणकाजी श्रेष्ठ

वर्षमान पुन

माधव सापकोटा

प्रकाश अधिकारी

दीपक कार्की

प्रकाश ज्वाला

राजेन्द्र पाण्डे

मोहन श्रेष्ठ

राजेन्द्र गुरुङ

निशा डाँगी

स्वर्णिम वाग्ले

महेश बर्तौला

क्षितिज थेबे

वसन्त कुशवाह

प्रकाशशरण महत

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »