बालुवाटार भित्र त्रिपक्षीय वार्ता, बाहिर घाइतेको नाराबाजी

बालुवाटार भित्र त्रिपक्षीय वार्ता, बाहिर घाइतेको नाराबाजी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी प्रतिनिधि, सरकार र दलबीच छलफल चलिरहँदा बाहिर एउटा समूहले नाराबाजी गरिरहेका छन् ।

आफूलाई घाइतेहरूको एकीकृत समूह बताउने घाइते जेनजीले नाराबाजी गरिरहेका हुन् ।

उक्त समूहका एक सदस्य रुपिन खड्काका अनुसारभित्र छलफलमा घाइतेको प्रतिनिधि नभएपछि सरकारको जवाफ माग्दै प्रदर्शन गरेका हुन् ।

‘भित्र घाइतेको नाममा को लग्नुभयो थाहा छैन । हामी वास्तविक घाइते त्यहाँ छैनौँ । हाम्रो प्रतिनिधित्व छैन । त्यसैले सरकारको जवाफदेहीता खोज्न साथीहरू त्यहाँ पुगेका हुन्,’ उनले भने ।

उनका अनुसार उक्त समूहमा ३०० जनाभन्दा धेरै जोडिएका छन् । त्यसमा राजनीतिक रुपमा सक्रिय भएका ३० जना हाराहारी छन् । ५०० जना कटेपछि भने आधिकारिक रुपमा घाइतेको समूह बनाएर अघि बढ्ने योजना यो समूहको छ ।

यही समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई घाइतेको तर्फबाट भन्दै पटकपटक आफ्ना माग पनि राखिरहेको छ ।

‘हामीसँग छलफलको लागि भन्दै नाम पनि मागिएन । त्यत्रोपटक भेटेर आफ्नो माग राखिरहेको हाम्रो समूहलाई पनि सहभागी गराउनुपर्थ्यो । यो हेपाइ हो,’ खड्काले भने ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »