चन्द्रागिरिमा एक युवकमाथि चक्कु प्रहार

८ असार, काठमाडौं । चन्द्रागिरि नगरपालिका–४ गोदामचोकमा एक युवकमाथि चक्कु प्रहार भएको छ ।

गोदामचोक बस्ने ४६ वर्षीय सुकबहादुर लामामाथि शनिबार राति १० बजेतिर चक्कु प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

सोही ठाउँ बस्ने ३२ वर्षीय महेश्वर लामाले उनीमाथि चक्कु हानेको आरोप छ । आपसी विवाद भएपछि सुकबहादुरलाई उनले घाँटीमुनि चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ ।

चक्कु प्रहारबाट घाइते भएका उनलाई सुरुमा गोदाम स्वास्थ्य चौकीमा उपचार गराइएको थियो ।

कुटपिटमा संलग्न भनिएका महेश्वरलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ । उनी पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »