
बजेट निर्माणलाई ध्यानमा राख्दै अर्थ मन्त्रालय प्रवेशमा कडाइ
Facebook
X
Email
Telegram
काठमाडौँ, जेठ ९ गते। अर्थ मन्त्रालयले बजेट निर्माणलाई ध्यान दिएर मन्त्रालय प्रवेशमा कडाइ गरेको छ।
अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीका अनुसार बजेट निर्माणसम्बन्धी सबै पक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन्। अहिले बजेट तयारीको कार्य जारी रहेको उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, “बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन्। अहिले तयारीका कार्यहरु जारी छन्। बजेट तयारीलाई व्यवस्थित र योजनबद्धरुपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौं।”
उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो।













