डेमोक्रेयाटहरूलाई दबाब दिन हजारौं कर्मचारी हटाउँदै ट्रम्प

डेमोक्रेयाटहरूलाई दबाब दिन हजारौं कर्मचारी हटाउँदै ट्रम्प

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?
Facebook
X
Email
Telegram

२५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी सरकारी सटडाउनका बीच हजारौं संघीय कर्मचारीलाई हटाउने प्रक्रिया सुरु गरेको छ।

डेमोक्र्याटहरूलाई दबाबमा पार्ने उद्देश्यले गरिएको यो कदमलाई ठूलो छँटनीको सुरुवातको रूपमा लिइएको छ।

अफिस अफ म्यानेजमेन्ट एन्ड बजेट (ओएमबी) अर्थात् ह्वाइट हाउसको व्यवस्थापन कार्यालयका निर्देशक रसेल भोटले सामाजिक सञ्जाल एक्समा सरकारी कर्मचारीको छाँटकाँट (कटौती) सुरु भइसकेको लेखेका छन् ।

भोटका कार्यालयका एक प्रवक्ताले पुष्टि गरेअनुसार कर्मचारी कटौती प्रक्रिया निकै ठूलो परिमाणमा सुरु भइसकेको छ। प्रशासनले सातवटा संघीय एजेन्सीमा चार हजारभन्दा बढी कर्मचारीलाई हटाउन थालेको शुक्रबारपछि मात्र खुलासा भएको थियो ।

राष्ट्रपति ट्रम्पले पटक–पटक सरकारी सटडाउनलाई संघीय कर्मचारी घटाउने आफ्नो पुरानो लक्ष्य पूरा गर्न प्रयोग गर्ने बताएका थिए।

अमेरिकी कानुन अनुसार संघीय सरकारले कर्मचारीलाई हटाउनु अघि कम्तीमा ३० दिनअघि सूचना दिनुपर्छ।

सटडाउनको सुरुवात अमेरिकी सेनाटमा खर्चसम्बन्धी विधेयकमा सहमति नजुट्दा भएको हो। विधेयक पारित नहुँदा सरकारले काम गर्न नसक्ने अवस्था आएको छ।

डेमोक्र्याट र रिपब्लिकन दुवै पार्टीले एक–अर्कालाई सटडाउनका लागि दोष दिइरहेका छन्।

सटडाउनको अवस्थामा हजारौं संघीय कर्मचारीलाई बिना तलब जबरजस्ती बिदामा पठाइन्छ।

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »