यो साता ४ प्रतिशत बढ्यो बजार, यी हुन् मूल्य धेरै बढेका कम्पनी

बढेको सेयर बजारमा घट्यो कारोबार, ५ कम्पनीमा १० प्रतिशत वृद्धि
Facebook
X
Email
Telegram

२० असार, काठमाडौं ।   यो साता सेयर बजार ४।१६ प्रतिशत अर्थात् १०८ अंक बढेको छ ।

साताका सबै कारोबार दिन बजार बढ्यो । पाँच कारोबार दिन लगातार बढेसँगै नेप्से परिसूचकले २७ सय अंक नाघेको छ । यो साता नेप्से २७०३ अंकमा बन्द रह्यो । गत साता २५९५ अंकमा थियो ।


पहिलो दिन आइतबार २६।५३, सोमबार ९।१९, मंगलबार २८।९१, बुधबार ३४।४२ र बिहीबार ९।१४ अंक बढेको हो ।

असार मसान्त बैंकको साँवा तथा ब्याज भुक्तानीको समय भएकाले यो समय बजार घटाउन चाहनेले ठूलै ‘हाउगुजी’ देखाउँदै आएका थिए । तर यतिबेला भने सेयर बजार बन्द हुँदा वैशाख ७ यताकै उच्च विन्दुमा छ । वैशाख ७ यता सेयर बजार २७ सयमुनि रहँदै आएको थियो ।

असार महिनामा तेस्रो सातासम्म प्रायः बजार घट्ने गरेको देखिन्छ । तर यो पटक भने असारको मध्य ९१५ गते०बाटै बजारले वृद्धिको लय समातेको छ ।

बजार बढ्दै जाँदा कारोबार रकम पनि सामान्य बढ्दै गएको देखिन्छ । आइतबार ७ अर्ब १२ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब ३८ करोड, मंगलबार ७ अर्ब ३ करोड, बुधबार ९ अर्ब ७४ करोड तथा बिहीबार ९ अर्ब ६४ करोडको कारोबार भयो ।

 

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »