प्याजको भाउ घट्यो, प्रतिकिलो कति ?

बढेको सेयर बजारमा घट्यो कारोबार, ५ कम्पनीमा १० प्रतिशत वृद्धि
Facebook
X
Email
Telegram

२२ असार, काठमाडौं । बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार प्याजको भाउ घटेको देखाएको हो ।


आइतबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४४ देखि अधिकतम ४६ रुपैयाँमा कारोबार भइरहेको छ ।
शनिबार प्रतिकिलो न्यूनतम ४५ देखि अधिकतम ४६ रुपैयाँमा कारोबार भएको प्याज शुक्रबार प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रूपैयाँमा कारोबार भएको थियो ।
एक साताअघि कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४७ देखि अधिकतम ५० रुपैयाँमा कारोबार भएको थियो ।
एक साताको अवधिमा प्याजको भाउ प्रतिकिलो ४ देखि ५ रुपैयाँसम्म घटेको छ ।
१ असारमा सुकेको प्याज प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै जेठ अन्तिम साता भने सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भएको थियो ।

 

 

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »