निजी क्षेत्रलाई बैंक तथा वित्तीय संस्थाको कर्जा ४ खर्बमाथि

बढेको सेयर बजारमा घट्यो कारोबार, ५ कम्पनीमा १० प्रतिशत वृद्धि
Facebook
X
Email
Telegram

२४ असार, काठमाडौं । चालु आर्थिक वर्ष जेठसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा सुधार देखिएको छ । आर्थिक गतिविधिमा देखिएको सुधारले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढेको हो ।

चालु आव ११ महिनासम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँ बढेको छ ।

 


नेपाल राष्ट्र बैंकका अनुसार गत आव जेठसम्म यस्तो कर्जा २ खर्ब ४६ अर्ब ८० करोडले बढेको थियो । चालु आव सोही अवधिको कर्जा वृद्धि वार्षिक बिन्दुगत आधारमा २०८२ जेठ मसान्तमा ८।७ प्रतिशत बढेको हो ।

२०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । गत आवको सोही अवधिमा यस्तो अंश क्रमशः ६३।५ प्रतिशत र ३६।५ प्रतिशत थियो ।

 

चालु आव जेठसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८।४ प्रतिशत, विकास बैंकहरूको ४।७ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह ६।९ प्रतिशत बढेको छ ।

२०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्तिको सुरक्षणमा १४।५ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६५ प्रतिशत छ । २०८१ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १२ र ६८।५ प्रतिशत थियो ।

चालु आव २०८१र८२ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८।२ प्रतिशत, निर्माण क्षेत्रतर्फ १२।९, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ ५।२, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १३।५, सेवा उद्योग क्षेत्रतर्फ ८।८ र उपभोग्य क्षेत्रतर्फको कर्जा १०।९ प्रतिशत बढेको छ ।

चालु आव सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ५।१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ४२।८, ट्रस्ट रिसिट ९आयात० कर्जा ६२।२, हायर पर्चेज कर्जा ५।५, नगद प्रवाह कर्जा ०।६ र रियल स्टेट कर्जा ९व्यक्तिगत आवासीय घर कर्जासमेत० ५।० प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १३।२ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।



Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »