कांग्रेसका अनुशासन समितिका दुई सदस्य भन्छन् : कारबाहीले पार्टीमा ठूलो समस्या आउँछ

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
Facebook
X
Email
Telegram

२६ असार, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिका दुई सदस्यले पार्टीका नेता कार्यकर्तालाई अनुशासनको नाममा कारबाही गर्दा ठूलो समस्या उत्पन्न हुने बताएका छन् ।

अनुशासन समितिका पाँच सदस्य मध्ये केन्द्रीय सदस्य सञ्जय गौतम र राजीव कोइरालाले कारबाहीप्रति लिखित असहमति राखेका छन् ।

समितिमा बहुमतको आधारमा नेता कार्यकर्तालाई कारबाहीको निर्णय गरिएको छ । अनुशासन समितिमा संयोजक आनन्द ढुङ्गाना सहित इश्वरी न्यौपाने र ध्रुव वाग्ले संस्थापन पक्षका हुन् ।

संस्थापनइरत पक्षमा दुई सदस्य गौतम र कोइरालाले कारबाहीप्रति असहमति जनाएका हुन् । निर्वाचन सकिएको ६ महिनाभित्र हुनुपर्ने अनुशासनको कारबाही दुई वर्षपछि वैधानिक व्यवस्था विपरित भएकाले असहमति रहेको गौतम र कोइरालाले लेखेका छन् ।

 

कारबाहीका नाममा स्पष्टीकरण सोध्ने, सचेत गराउने, निश्चिच समयका लागि पदबाट निलम्बन गर्ने अवस्था रहँदा रहँदै पार्टीबाट नै निस्कासन गर्नु उपयुक्त नदेखिने उनीहरुको मत छ ।

माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्दा टिकट वितरणमा अपारदर्शिता र पूर्वाग्रही निर्णयहरुका कारण सिर्जित परिस्थिति बनेको असहमति लेख्ने समितिका दुई सदस्यको भनाई छ ।

‘अनुशासनको नाउँमा हठात् निस्कासन गर्नेसम्मको कठोर निर्णय लिँदा पार्टीमा झन् ठूलो समस्या आउने देखिन्छ,’ असहमतिमा गौतम र कोइरालाले लेखेका छन् ।

कारबाहीका लागि दोहोरो, तेहोरो मापदण्ड बनाउँदा पार्टीका लागि गम्भीर र प्रत्युत्पादक हुने समितिका दुई सदस्यको निष्कर्ष छ ।

बहुमतको आधारमा निर्णय गर्दै अनुशासन समितिले १८ जना नेता कार्यकर्तालाई निस्कासन र निलम्बन गरिएको छ । कारबाहीमा पर्नेहरुमा अधिकांश नेता डा.शेखर कोइराला पक्षका छन् ।



 

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »