यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो
Facebook
X
Email
Telegram

२७ असार, काठमाडौं । आउँदो अगस्टमा भुटानको थिम्पुमा आयोजना हुने साफ यू–१७ महिला फुटबल च्याम्पियनसिप २०२५ को तयारीस्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय यू–१७ महिला टिम निर्माणका लागि छनोट कार्यक्रम घोषणा गरेको छ ।

छनोट कार्यक्रम जिल्ला, प्रदेश र केन्द्रीय तीन चरणमा हुनेछ। जिल्ला स्तरको छनोट कार्यक्रम २०८२ असार २९ र ३० गते, प्रदेश स्तरको छनौट असार ३१ र साउन १ गते, र केन्द्रीय छनौट साउन ४, ५ र ६ गते सञ्चालन हुने छ।

छनोटमा सहभागी हुने खेलाडीको जन्म मिति २०६५ पुष १७ गतेदेखि २०६८ पुष १६ गतेभित्रको हुनुपर्नेछ । साथै, खेलाडीहरूले जन्मदर्ता प्रमाणपत्र, नावालक परिचयपत्र, नागरिकता वा पासपोर्ट अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ।

प्रतियोगिता अगस्ट २० देखि ३१ तारिखसम्म हुनेछ। यस प्रतियोगितामा नेपालसहित आयोजक भुटान, बंगलादेश र भारतका यू–१७ महिला टोलीहरूको सहभागिता रहनेछ।

प्रतियोगिताका लागि तयारीस्वरूप एन्फाले देशभरका जिल्ला र प्रदेश फुटबल संघमार्फत महिला युवा खेलाडी छनोट गर्ने प्रक्रिया अघि बढाएको हो।

एन्फाले ४९ जिल्ला फुटबल संघहरूलाई छनौटको जिम्मेवारी दिँदै योग्य खेलाडीको नामावली यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरेकोहो।

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »