कोभिड-१९ महामारी पछि आयुर्वेदिक उपचारको आकर्षण बढेको छ।

कोभिड-१९ महामारी पछि आयुर्वेदिक उपचारको आकर्षण बढेको छ।

नेपाल प्रत्येक रनमा वैदिक आयुर्वेद सेवा प्रा.लि. ले असहाय, जेष्ठ नागरिकलाई खाना खुवाउने
Facebook
X
Email
Telegram

कोरोना महामारीपछिको अवधिमा आयुर्वेद उपचारप्रति आकर्षण बढ्दै गएको छ। आर्थिक वर्ष २०७८/७९ मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर तथा यसका मातहत कार्यालयहरूबाट ५६,१२३ जनाले सेवा लिएका छन्।

सेवा लिनेहरूमध्ये ९,२९९ जनाले बाह्य सेवा, २,८४३ जनाले योग सेवा, २,७९४ जनाले पूर्वकार्य/५ दिने सेवा, १,००० जनाले ज्येष्ठ नागरिक सेवा, १८९ जना आमासरुवा तथा शिशु सेवा, ११,४४४ जनाले नागरिक स्वास्थ्य सेवा लिएका छन्। अन्य सेवाहरु ८१३ जनाले लिएका छन् भने २९,८२३ जनाले डिस्पेन्सरी सेवा लिएका छन्।

सन् २०२०/२१ मा ८७१ जनाले सेवा लिएकोमा सन् २०२१/२२ मा १२,६६५ जनाले सेवा लिएको केन्द्रले जनाएको छ। कार्यालय प्रमुख डा. कोपिला अधिकारीका अनुसार कोभिड महामारीको समयमा आयुर्वेद औषधिको प्रयोग गर्नेको संख्या बढेको हो। उनले भनिन्, “अघिल्लो समयमा अरुत्र उपचार गराउँदा निको नभएपछि मात्र आयुर्वेदमा आउने मानिस धेरै हुन्थे, अहिले भने सुरुमै आयुर्वेदमा उपचार गराउन आउनेको संख्या बढेको छ।”

सेवा लिनेको संख्यामा वृद्धिसँगै केन्द्रले आफ्नो सेवा विस्तार गरेको छ। केन्द्रबाट २३ प्रकारका औषधिहरू निःशुल्क उपलब्ध गराइन्छ भने अन्य आवश्यक औषधि शुल्क तिरेर किन्न सकिने व्यवस्था सहित फार्मेसी सञ्चालनमा ल्याइएको छ। यस्तै, ल्याब, भिडियो एक्स–रे लगायतका सेवा पनि सञ्चालनमा ल्याइएको छ। केन्द्रमा हरेक बिहान ५ बजेदेखि ६:३० बजेसम्म योग अभ्यास गरिन्छ। हरेक मंगलबार मधुमेह क्लिनिक सञ्चालन गरिन्छ जसमा रगत परीक्षण, मधुमेह तथा उच्च रक्तचाप परीक्षण, तौल परीक्षण र परामर्श सेवा दिइन्छ।

केन्द्र परिसरमै ५० शय्याको अस्पताल निर्माण प्रक्रिया अगाडि बढिसकेको छ। यस्तै, प्रदेशस्तरीय औषधि उत्पादन केन्द्रको भवन निर्माण सम्पन्न भइसकेको र उपकरण खरिद तथा औषधि उत्पादन प्रक्रिया अघि बढाइएको छ।

आयुर्वेद औषधि उत्पादन केन्द्रका निर्देशक डा. सुरेश महर्जनका अनुसार १३३ प्रकारका जडीबुटीबाट ३६ प्रकारका औषधि तथा तेल उत्पादन गर्ने तयारी गरिएको छ। उनका अनुसार औषधि उत्पादनमा प्रयोग गरिने ८० प्रतिशत जडीबुटी स्थानीय रूपमा उपलब्ध हुनेछन्। उनले आँप, बेसार, अदुवा जस्ता ८० प्रतिशत जडीबुटी स्थानीय रूपमा पाइनाले औषधि संख्या क्रमशः बढाइने जानकारी दिए। उपकरण खरिदका लागि २० लाख र कच्चा पदार्थ खरिदका लागि ६० लाख बजेट विनियोजन गरिएको जानकारी पनि दिए।

केन्द्रले विहीबार पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी आफ्ना गतिविधि र भावी योजनाबारे जानकारी दिएको थियो। सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका–१ का अध्यक्ष कुलप्रसाद सापकोटाले केन्द्रको विस्तारका लागि विद्यालयसँग समन्वय गरी थप जमिनको व्यवस्था गरिएको बताए। उनले रत्ननगरलाई आयुर्वेद उपचारको केन्द्र बनाउन नगरपालिका प्रयासरत रहेको र आयुर्वेद विद्यालय सञ्चालनको लागि छलफल भइरहेको जानकारी दिए।

केन्द्रको सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले योगदेखि उपचारसम्मका सेवाको महत्व जनतालाई बुझाउन सक्ने गरी सबै प्रकारका प्रयास हुनुपर्ने बताए। उनले केन्द्रको सेवा अझ प्रभावकारी बनाउन सबैको सहयोग अपेक्षा गरेका छन्।

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »