
नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्छ : गभर्नर पौडेल
Facebook
X
Email
Telegram
काठमाडौँ, जेठ ७ गते । नेपाल राष्ट्र बैँकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरूप राष्ट्र बैँकले आफ्ना काम कारबाही अघि बढाउने बताउनुभएको छ ।
बालुवाटारस्थित बैँकको कार्यालयमा आज पदभार गर्नुहुँदै उहाँले राष्ट्र बैँकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पार्नुभयो । “वित्त नीतिबाट जे कुराहरू तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले सहयोग गर्छ”, उहाँले भन्नुभयो, “नियमन र सुपरीवेक्षण अर्को काम हो । धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्षमता बढाउनुपर्ने छ । यसका लागि राष्ट्र बैँकको क्षमता बढाउनुपर्ने छ ।”
बैँक तथा वित्तीय संस्थामा रहेको नागरिको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई पनि राष्ट्र बैँकले प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो ।













