
१० असार, काठमाडौं । स्थानीय बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिको तथ्यांकले लिचीको भाउ बढेको देखाएको हो ।

आज मंगलबार लिचीको भाउ प्रतिकिलो ४० रुपैयाँ बढेको छ । सोमबार लोकल लिची प्रतिकिलो अधिकतम २ सय ३० र औसत २ सय २० रुपैयाँमा किनबेच भएको थियो । आज मंगलबार भने लोकल लिची प्रतिकिलो अधिकतम २ सय ७० र औसत २ सय ६० रुपैयाँ कायम छ ।
जेठ पहिलो सातादेखि बजारमा लिची आउन थालेको थियो । त्यतिबेला लिची प्रतिकिलो अधिकतम ३ सयदेखि औसत २ सय ७६ रुपैयाँसम्म कारोबार भएको थियो ।