ओलीले नै मदनका ४ श्रीमती थिए भनिदिए, एमाले संकटमा छ : प्रचण्ड

ओलीले नै मदनका ४ श्रीमती थिए भनिदिए, एमाले संकटमा छ : प्रचण्ड

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?
Facebook
X
Email
Telegram

१० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले लगायतका ठूला दलहरू निकै ठूलो वैचारिक राजनीतिक संकटमा रहेको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै खासगरी एमालेमा ठूलो वैचारिक, राजनीतिक र नेतृत्वको संकट देखिएको तर्क गरे ।

‘कांग्रेसमा तपाईहरुले हेर्नु भयो भने विश्वेश्वरप्रसाद कोइराला र पछिल्लोपटक गिरिजाप्रसाद कोइराला जस्ता नेताहरूले खेलेको भूमिका या गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेको देखिएको छ,’ उनले भने ।

प्रचण्डले थपे, ‘म योभन्दा बढी अहिले भन्दिनँ र त्यही कुरा एमाले भित्र झन् ठूलो वैचारिक, राजनीतिक र नेतृत्वको संकट अहिले देखिएको छ।’

मदन भण्डारी र जनताको बहुदलीय जनवाद (जबज) को आधारमा टिकेको एमालेमा अहिले उत्तराधिकारीको संकट देखिएको प्रचण्डले तर्क गरे ।

‘तर आजको दिन संकट के भयो भने जबजको उत्तराधिकारी को हो? जबजको प्रवर्तक नै को हो? त्यसको प्रस्तावक को हो भन्नेमा विवाद सुरु भयो। तपाईं हेर्नुस्, यो ठूलो संकट हो,’ उनले भने ।

एमालेमा देखिएको संकट गहिरिने संकेत गर्दै प्रचण्डले थपे, ‘अस्ति प्रधानमन्त्रीले मदन भण्डारीसँग सम्बन्धित एउटा स्मृति कार्यक्रममा मदन भण्डारीका ४ वटा श्रीमती थिए र सहकारी ठगीको आरोप थियो भनेर कुराबाट सुरु भएको त्यो प्रक्रिया अहिले पक्कै पनि पूर्व राष्ट्रपति विद्या भण्डारीजीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारी मै हो भन्ने ढंगले उहाँ अगाडि आउनु भएको छ र यो संकट गहिरिने देखिएको छ।’

एमालेभित्रको विवादलाई प्रचण्डले ठूलो वैचारिक राजनीतिक संकटको संज्ञा दिए । उनले वैचारिक संकट नभएको एक मात्र पार्टी माओवादी केन्द्र भएको जिकिर गरे । ‘हामीलाई आठौं महाधिवेशनले गरेको निर्णय समाजवादी क्रान्ति सम्बन्धि सर्वसम्मत निर्णय छ, त्यहाँ अहिलेसम्म कसैले विमति राखेको छैन’ उनले भने, ‘केही महिना अगाडि केन्द्रीय समितिको बैठक पनि सर्वसम्मत निर्णयबाट भएको छ र हामी अभियानमा छौं ।’

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »