रेखा थापालाई लिएर ‘अभिमन्यु’ को दोस्रो अध्याय बन्न लागेको हो ?

रेखा थापालाई लिएर ‘अभिमन्यु’ को दोस्रो अध्याय बन्न लागेको हो ?

Facebook
X
Email
Telegram

काठमाडौं । थ्रीलर फिल्म ‘अभिमन्यु’ लाई सोमबार प्रिमियर गरियो, जहाँ अतिथिले फिल्म हेरे । फिल्मको अन्त्यतिर दर्शकले एक सरप्राइज पाए, जहाँ रेखा थापाको प्रवेश अनपेक्षित थियो ।

निर्माताले थापाको ‘विशेष भूमिका’ लाई लुकाएका थिए । तर, प्रिमियरमा यस कुराको खुलासा मात्र भएन, निर्माताले दोस्रो अध्याय निर्माण गर्ने कुराको पनि संकेत गरेका छन् ।

दाइजो प्रथा र त्यस पृष्ठभूमिमा कथा अघि बढ्दै जाँदा थापा अनुसन्धान अधिकृतको रुपमा फिल्ममा प्रवेश गर्छिन् । उनको उक्त प्रवेशले कथा अझै लम्बिने देखिन्छ । निर्माताले फिल्म निर्माण गरेको खण्डमा दर्शकले रेखालाई दोस्रो अध्यायमा हेर्न पाउनेछन् ।

यद्यपि, नेपाली फिल्ममा स्टारहरूको क्यामियो त हुने तर, फिल्म नबन्ने गरेको उदाहरण प्रशस्तै छन् । ‘अभिमन्यु’ का निर्माताले सुरुदेखि नै फिल्मलाई च्याप्टर वनको रुपमा प्रचारप्रसार गरेका छन् । यसको अर्थ, बाँकी कथा दोस्रोमा हुन्छ भन्ने हो ।

रेखाले यसअघि पनि केही फिल्ममा प्रहरीको भूमिकामा अभिनय गरेकी छिन् । ‘अभिमन्यु’ मा उनको रोल पनि उनको पर्सनालिटी र अघिल्ला रोलअनुसार दर्शनीय हुनसक्छन् ।

सुशान्त गौतम निर्देशित फिल्म ‘अभिमन्यु’ शुक्रबारदेखि प्रदर्शन तयारीमा छ जसलाई सेभेन सिज सिनेमाले निर्माण गरेको हो ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »