
नेपाल प्रत्येक रनमा वैदिक आयुर्वेद सेवा प्रा.लि. ले असहाय, जेष्ठ नागरिकलाई खाना खुवाउने
चितवनको वैदिक आयुर्वेद सेवा प्रा.लि. ले सदाका बर्षहरुमा जस्तै यस बर्षको संस्करणमा पनि जारी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीले लिने प्रत्येक रन बराबरको संख्यामा असाहय, अनाथ बालबालिका तथा जेष्ठ नागरिकलाई खाना खुवाउने घोषणा गरेको छ । भारत र श्रीलंकामा जारी विश्वकपमा नेपाली क्रिकेट खेलाडीहरुको मनोबल उच्च राख्न वैदिक आयुर्वेद सेवा प्रा.लि. ले यस्तो मानविय कामको निरन्तरता दिएको हो । वैदिक आयुर्वेदका प्रबन्धक चक्रपाणि न्यौपानेले सिमित स्रोत र साधनका विचपनि नेपाली खेलाडिहरु विश्वकपमा पुग्नु गौरवको बिषय भएको भन्दै यस बर्षमा पनि यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्छन भन्नेमा ढुक्क छौं,आगामी दिनमा नेपाली क्रिकेट खेलको विकास र समृद्धिका लागि सहयोग गर्न हामी तत्पर छौ ।
न्यौपानेले विश्वकप सकिएपछि चितवनका विभिन्न आश्रममा पुगेर असाहय अनाथ बालबालिका तथा जेष्ठ नागरिकलाई खाना खुवाउने जानकारी दिनुभयो । वैदिक आयुर्वेदले सामाजिक उत्तदायित्व अन्तर्गत, चितवन र आसपासका जिल्लाहरुमा हुने खेलकुद कार्यक्रम लगायत अनेकन क्षेत्रहरुमा सहयोग गर्दै आइरहेको छ । पछिल्लो समय आयुर्वेदको क्षेत्रमा वैदिकले आफ्नो छुट्टै अस्तिस्वलाई स्थापित गर्दै योग, आयुर्वेद स्वदेशीको साथमा भन्ने नारा सहित आयुर्वेद, योगा र स्वास्थ्यका क्षेत्रमा नयाँ अभियान सुरु गरेका छ ।

