ट्रम्पले पुटिनलाई दिए पत्नी मेलानियाको पत्र, पत्रमा के छ ?

ट्रम्पले पुटिनलाई दिए पत्नी मेलानियाको पत्र, पत्रमा के छ ?

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?
Facebook
X
Email
Telegram

३१ साउन, काठमाडौं । डोनाल्ड ट्रम्पले अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नी पत्नी मेलानिया ट्रम्पको एक पत्र दिएका छन् ।

ह्वाइट हाउसका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएका जानकारी अनुसार पत्रमा युक्रेन र रूसमा बालबालिकाहरूको समस्याको मुद्दा उठाइएको छ ।

मेलानिया राष्ट्रपति ट्रम्पसँग पुटिनसँगको वार्ताका लागि अलास्का यात्रामा सहभागी भएकी थिइनन्। तर अधिकारीहरूले बताएका अनुसार उनले पत्रमा युद्धको क्रममा बालबालिकाहरूको अपहरणको समस्या बारे उल्लेख गरेकी छिन् ।

मेलानिया स्लोभेनियामा जन्मेकी हुन् । युक्रेन सरकारले गरेको एक आकलन अनुसार फेब्रुअरी २०२२ मा रूसको युक्रेनमाथि आक्रमण भएयता कम्तीमा १९ हजार ५००युक्रेनी बालबालिकाहरूलाई जबर्जस्ती स्थानान्तरण गरिएको छ ।

 

युक्रेनी स्रोतलाई हवाला दिंदै बीबीसीमा प्रकाशित एक सामग्रीका अनुसार, यी बालबालिकाहरूलाई रूस वा रूसको नियन्त्रणमा रहेका क्षेत्रहरूमा लगिएको छ ।

अन्तर्राष्ट्रिय अपराध न्यायालयले सन् २०२३ मा गैरकानुनी तरिकाले बालबालिकाहरूलाई स्थानान्तरण गरेको आरोपमा पुटिन र उनका बालअधिकार आयुक्त मारिया ल्भोवा-बेलोवाविरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो ।



 

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »