जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा, ४ जनाको मृत्यु

जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा, ४ जनाको मृत्यु

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?
Facebook
X
Email
Telegram

१ भदौ, काठमाडौं । भारतको जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा हुँदा चार जनाको मृत्यु भएको छ ।

केन्द्रीय मन्त्री डा. जितेन्द्र सिंहले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जम्मू कश्मिरको कठुआमा आरीघोप्टे वर्षा हुँदा चार जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

‘जंगलोट क्षेत्रमा आरीघोप्टे वर्षा हुँदा चार जनाको मृत्यु भएको छ, अत्यधिक वर्षाृका कारण रेलवे ट्र्याक र राष्ट्रिय राजमार्ग समेतमा क्षति भएको छ’, मन्त्री सिंहले लेखेका छन् । प्रशासनले त्यसक्षेत्रमा निगरानी बढाएको उनको भनााइ छ ।

उनका अनुसार घटनालगत्तै कठुआका एसएसपी शोभित सक्सेनाले नागरिक प्रशासन, सेना र अर्धसैनिक बल उद्धारमा खटिएको जानकारी दिएको बताएका छन् ।

यसअघि २९ साउनमा पनि जम्मू कश्मिरकै किश्तवाडको चाशोटी क्षेत्रमा आरीघोप्टे वर्षा हुँदा ६० जनाको मृत्यु भएको थियो ।

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »