सुधन गुरुङ र महावीर पुनले लिए मन्त्रीको शपथ

सुधन गुरुङ र महावीर पुनले लिए मन्त्रीको शपथ

Facebook
X
Email
Telegram

२६ जेठ, काठमाडौं | नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिएका छन्। 

मंगलबार अपराह्न राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए। 

गुरुङ तीन महिनापछि गृह मन्त्रालय फर्किएका हुन्। सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग जोडिएपछि गुरुङले गत वैशाख ८ गते पदबाट राजीनामा दिएका थिए। 

त्यसपछि सरकारले गठन गरेको छानबिन समितिले गुरुङलाई ‘क्लिनचिट’ दिएको थियो। त्यसपछि प्रधानमन्त्री शाहले उनलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी दिएका हुन्। 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »