देशभर ९६ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न

चालु आर्थिक वर्ष २०८३/८४ मा देशभर ९६ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार साउन २२ गतेसम्म कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये १३ लाख १६ हजार ३९ हेक्टरमा रोपाइँ सकिएको हो।

यो कुल खेतीयोग्य क्षेत्रफलको ९६.०६ प्रतिशत हो। गत वर्षको सोही अवधिमा भने ९१.३१ प्रतिशत मात्रै धान रोपाइँ भएको थियो।

प्रदेशगत रूपमा सुदूरपश्चिममा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ। लुम्बिनीमा ९७.३७, बागमतीमा ९७.८२, कर्णालीमा ९६.८२, गण्डकीमा ९५.५७, मधेसमा ९४.६५ र कोशी प्रदेशमा ९३.६९ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ।

समयमै मनसुन सक्रिय हुनु, पर्याप्त वर्षा हुनु तथा रोपाइँका लागि अनुकूल वातावरण बनेकाले यस वर्ष धान रोपाइँको प्रगति गत वर्षको तुलनामा सुधारिएको कृषि मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यसको रोपाइँको प्रगतिलाई कृषि उत्पादन र खाद्य सुरक्षाको महत्वपूर्ण सूचकका रूपमा लिइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »