
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। छापावाला सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ८०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर ३ लाख १ हजार ७०० रुपैयाँ पुगेको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला ६५ रुपैयाँले बढेको छ। शुक्रबार ४ हजार ५८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर प्रतितोला ४ हजार ६४५ रुपैयाँ कायम भएको छ।
