
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री नियुक्त भएको करिब चार महिनापछि शाहले पहिलोपटक छिमेकी मुलुकका राजदूतसँग ‘वान टु वान’ वार्ता गर्न लागेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने तालिका छन् ।
यसैगरी प्रधानमन्त्री शाहले भोलि मंगलबार नेपालका लागि अमेरिकी राजदूतसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।
