गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले व्यवसायी शेखर गोल्छालाई १ करोड रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश वासुदेव आचार्य तथा सदस्य न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार गोल्छालाई १ करोड रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत बुझाएर तारिखमा राख्न आदेश दिएको हो।

इजलासले मुद्दाको पुर्पक्षका क्रममा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल गोल्छाको भूमिका तथा संलग्नतालाई ध्यानमा राखेर धरौटी माग गरिएको जनाएको छ। तोकिएको धरौटी वा बैंक जमानत नदिए थुनुवा पुर्जी जारी गरी सम्बन्धित कारागार कार्यालय पठाउनसमेत आदेशमा भनिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »