धादिङको चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी

नागढुंगा-मुग्लिन सडक खण्डको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

सोमबार बिहान पौने ६ बजेतिर खसेको सुक्खा पहिरोका कारण दुई तर्फी सडक अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर अहिले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो खसेर सडक अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको लामो जाम लागेको छ।सडक अवरुद्ध भएपछि पृथ्वीराजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन्। प्रहरीले सडक खुलाउने कार्य जारी रहेकाले यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »