पेट्रोल र डिजेलको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोड घाटा

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । निगम सञ्चालक समितिको आइतबारको निर्णय अनुसार सोमबार देखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत राखेको जनाएको हो ।

पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा ८१ करोड ३५ लाख घाटा हुने निगमले जनाएको छ । निगमले गत साउन १८ गतेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल/मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको थियो ।

निगमका अनुसार, पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ कायम छ । त्यस्तै, डिजेल/मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ तोकिएको हो ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी, वीरगञ्जलाई पहिलो, सुर्खेत, दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »