
पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, चालिसेमा सोमबार बिहान सुक्खा पहिरो खस्दा पौने ६ बजेदेखि सडकखण्ड अवरुद्ध भएको थियो।
पहिरो हटाएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ।
