सुनको मूल्य एकैदिन ९३०० रुपैयाँले बढ्यो

नेपाली बजारमा बिहीबार सुन-चाँदीको मूल्य वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला ९ हजार ३०० र चाँदीको मूल्य २६० रुपैयाँले बढेको हो ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० कायम भएको छ। चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ निर्धारण भएको छ ।

बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १०० र चाँदी प्रतितोला ४ हजार ५९५ मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »