पृथ्वीचोक बसपार्क क्षेत्रमा ३२५ परिवार भूमिहीन, २४२ अव्यवस्थित बसोबासी

पोखरा महानगरपालिकाको पृथ्वी चोकस्थित प्रस्तावित बसपार्क क्षेत्रमा बसोबास गरेकामध्ये सुकुम्वासीमध्ये ३२५ परिवार भूमिहीनका रुपमा सूचीकृत भएका छन्।

२४२ परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताए। उनका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका २००, भूमिहीन सुकुमबासीका २४८ र अव्यवस्थित बसोबासीका ११६ निवेदन प्राप्त भएका थिए।

वडाले सार्वजनिक गरेको सूचनाअनुसार दाबी–विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो । वडा तहको सहजीकरण समितिले दाबी–विरोध र छानबिनपछिको अन्तिम विवरण वडा समितिसमक्ष सिफारिस गरेको छ।

वडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियमानुसार ग्रहण गर्दै आवश्यक सिफारिससहित पोखरा महानगरपालिकामा पठाउने निर्णय गरेको जनाएको छ।

महानगर प्रमुख आचार्यले अन्तिम विवरण टुङ्गो लागेसँगै अब महानगरपालिकाको कार्यपालिकाबाट आवश्यक निर्णय गरी जिल्ला समितिमा सिफारिस पठाइने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »